निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, १५ : ५४
निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

काठमाडौं । निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । 

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो । 

क–कसलाई लाग्छ आचारसंहिता ?

१– नेपाल सरकार र नेपाल सरकारका मन्त्री ।

२– प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री ।

३.– संवैधानिक निकाय र सो निकायका पदाधिकारी ।

४– नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी ।

५– स्थानीय कार्यपालिका र सोका सदस्य ।

६– संघ, प्रदेश र स्थानीय तहका कर्मचारी ।

७– सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी ।

८– सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी ।

९– राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन ।

१०– उम्मेदवार तथा सम्बन्धित व्यक्ति ।

११– राजनीतिक दल तथा उम्मेदवारको मतदान ।

१२– प्रतिनिधि तथा मतगणना प्रतिनिधि ।

१३– सार्वजनिक पद धारण गरेको व्यक्ति ।

१४– अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता ।

१५– पर्यवेक्षण संस्था तथा पर्यवेक्षक ।

१६– सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी ।

१७– निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी ।

१८– विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी ।

१९– विकास साझेदार संस्था ।

२०– सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी ।

२१– मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी ।

२२– निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार ।

२३– वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।

 

प्रतिक्रिया दिनुहोस