अपांगता भएकी १९ वर्षीया युवती बलात्कृत

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, १४ : ५२
अपांगता भएकी १९ वर्षीया युवती बलात्कृत

विराटनगर । मोरङ अपांगता भएकी एक १९ वर्षीया युवती बलात्कृत भएकी छन् । लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी युवती बलात्कृत भएकी हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति ती पीडित युवतीलाई लगेर बलात्कार गरेको उजुरी परेको छ ।

उनले भने, ‘पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर टहरोमा लगेर करणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’ राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस