मर्करीमुक्त भरतपुर महानगर प्रभावकारी बन्दै

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०७५, १९ : ०७
मर्करीमुक्त भरतपुर महानगर प्रभावकारी बन्दै

चितवन । ३ महिना अघि मात्रै शुरु गरिएको मर्करीमुक्त भरतपुर महानगर बनाउने अभियान प्रभाकारी बन्दै गएको छ । चितवनका स्वास्थ्य संस्थाहरुमा बढ्दो मात्रामा मर्करीजन्य उपकरण तथा मर्करीजन्य पदार्थ प्रयोग हुदै आईरहेको थियो ।
जनसंख्या तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाण्डौँ (सिपेड) ले युएनडिपिको ४० लाख सहयोगमा २ बर्षको लागि यो परियोजना संचालन भईरहेकोछ । सन् २०१७ जुलाई देखि शुरु भएको कार्यक्रम अन्तरगत अहिले भरतपुरका नीजि तथा सरकारी अस्पतालमा मर्करीको प्रयोगलाई निरुत्साहित पार्दै विकल्पहरुको प्रयोग गराईएको संस्थाका कार्यकारी निर्देशक राम चरित्र शाहले जानकारी दिनुभयो ।
यस अभियान सुरु भएसगैँ चितवनका १४ स्वास्थ्य संस्थाहरुलाई पूर्ण रुपमा मर्करीमुक्त अस्पतालको घोषणा गरिएको छ । संस्थाले आज (सोमबार) मर्करीमुक्त घोषणा गर्ने स्वास्थ्य संस्थाहरुलाई प्रमाण पत्र वितरण गरेको छ । पुष्पाञ्जली अस्पताल , सप्तगण्डकी अस्पताल ,जयबुद्ध अस्पताल ,नेश्नल सिटि अस्पताल रहेका छन् । त्यस्तै एलाई हस्पिटल एण्ड ट्रमा सेन्टर ,नारायणी सामुदायिक अस्पताल ,भरतपुर अस्पताल तथा मनकामना अस्पताल रहेका छन् । डेण्टल विभागतर्फ श्री डेण्टल , पदम डेण्टल ,हेल्दी स्माईल , फरईभर हेल्दी स्माईल र स्माई डेण्टल क्लिनिक रहेका छन् । मर्करीमुक्त गर्न अस्तपालहरुमा मर्करी आधारित थर्मोमिटर ,उच्चरक्त चाप माप्ने यन्त्र , मर्करी लाईट ,बल्बहरु हटाईएको छ ।

मर्करीले मानव स्वास्थ्यमा गम्भिर असर गर्ने गर्दछ । मर्करीले सुन्ने ,हेर्ने र स्मरण गर्ने शक्तिमा कमि ल्याउँछ । मर्करीको असरबाट सबै भन्दा बढि बालबालिका प्रभावित छन् । विज्ञहरुका अनुसार एक थोपा मर्करीले ८ हेक्टरमा फैलिएको पोखरीको पानीलाई प्रदुषण गर्न सक्छ । चितवनमा अस्पतालबाट निस्किीने १८ सय मेट्रिक टन अस्पतालजन्य फोहर मध्ये ५० प्रतिशत जलाईने गरिने संस्थाको तथ्याङक छ । यसबाट डाईयोकन ,फियूरान उत्सर्जन ३८ ग्राम टियूकियू हुन्छ ।

जनसंख्या तथा वातावरण प्रवद्र्धन केन्द्रले चितवनमा गरेको अध्ययन अनुसार बार्षिक १५ केजी मर्करीहरु अस्पताल तथा क्लिनिकहरुमा खपत हुने गरेको छ । मर्करीमुक्त भरतपुर शहर हामी सबैको रहर भन्ने नाराका साथ ३ महिना अघि सुरु गरिएको अभियानले सार्थकता पाएको छ । भरतपुरमा रहेका साना–ठुला गरी १ सय ४५ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झा , निजि अस्पताल समन्वय समिति ,भरतपुर महानगरपालिका  ,भरतपुर अस्पतालका प्रतिनिधीहरुले मन्त्वय व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस