निर्वाचनलाई जनताले देश बनाउने अवसरको रुपमा लिनुपर्छ : अध्यक्ष ओली

सफल खबर संवाददाता

आइतबार, ०९ असोज २०७९, १९ : ५५
निर्वाचनलाई जनताले देश बनाउने अवसरको रुपमा लिनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन ।

यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याए ।

आइतबार झापाको दमकको कस्मिक पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ भने ।

आफ्नै गृह क्षेत्रमा भएको सो कार्यक्रममा उहाँले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गरे। अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस