कोरोना अपडेट : थप ५१ जनामा संक्रमण पुष्टि, १०० जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, ०९ असोज २०७९, १७ : १२
कोरोना अपडेट : थप ५१ जनामा संक्रमण पुष्टि, १००  जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार १०० जना निको भएका छन् । जसमध्‍ये १ हजार १७४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९ जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् ।