एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन् ।
‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’, जेलेन्स्कीले भने । रुसले विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए ।
जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे ।
उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषदमा रुसको भिटो शक्ति हटाउन पनि आग्रह गरे । युक्रेनले यसअघि मस्कोमा रुस नभई पूर्व सोभियत संघको सिट रहेको तर्क गरेको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ असोज २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण