अवैध संरचना हटाउन ललितपुर महानगरपालिकाले निकाल्यो ३५ दिने सूचना

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, ०७ : ३८
अवैध संरचना हटाउन ललितपुर महानगरपालिकाले निकाल्यो ३५ दिने सूचना

काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन ३५ दिने सूचना निकालेको छ ।

नक्सा स्वीकृत बिना र मापदण्ड विपरीत निर्माण भएका संरचना हटाउन महानगपालिकाले बुधबार सूचना निकालेको हो । 

३५ दिनभित्र संरचना नहटाए महानगरपालिकाले हटाउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस