कोरोना अपडेट : थप ७४ जनामा सङ्क्रमण पुष्टि, १६० जना सङ्क्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, ०४ असोज २०७९, १५ : ५९
कोरोना अपडेट : थप ७४ जनामा सङ्क्रमण पुष्टि, १६० जना सङ्क्रमणमुक्त

काठमाडौं । देशभर ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ पुगेको छ । पछिल्लो २४ २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन । महामारीमा हालसम्म देशमा १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।