संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य : मुख्यमन्त्री शाही

रासस

सोमबार, ०३ असोज २०७९, १३ : २१
संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका छन। संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री शाहीले संविधानले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा जोड दिएको बताए ।

मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ, सार्वभौमसत्ता नेपाली जनतामा नीहित छ जनता राज्य शक्तिको स्रोत भएका छन् ।”

सङ्घीय सरकारले आवश्यक कानुन नबनाउँदा संविधानले दिएका कतिपय अधिकार प्रदेश तथा स्थानीय तहले प्रयोग गर्न नपाएको भन्दै उनले तीन तहका सरकारलाई शक्ति र स्रोत बाँडफाँट गरी सङ्घीय प्रणालीलाई संस्थागत गर्न आवश्यक भएको बताए ।
 

प्रतिक्रिया दिनुहोस