इंग्लीश प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा आउन सफल

सफल खबर संवाददाता

सोमबार, ०३ असोज २०७९, १३ : १२
इंग्लीश प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा आउन सफल

काठमाडौं । ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा आउन सफल भएको छ ।

आइतबार राति ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३–० ले पराजित गर्न आर्सनलका सालिबा, ग्याब्रियल जिसस र फाबियो भिएराले १–१ गोल गरेका हुन् । जितसँगै आर्सनल ७ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

समान खेलबाट १७ अंक जोडेका म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । प्रिमियर लिगकै अर्को खेलमा आइतबार राति एभर्टनले वेष्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेकाे हाे ।

एभर्टनको जितमा निल मुवापेले ५३ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे छ ।

प्रतिक्रिया दिनुहोस