संघ-प्रदेशको निर्वाचनमा ४० प्रतिशत युवा उठाउन राष्ट्रिय युवा परिषद्‍को आग्रह

सफल खबर संवाददाता

सोमबार, ०३ असोज २०७९, ११ : २२
संघ-प्रदेशको निर्वाचनमा ४० प्रतिशत युवा उठाउन राष्ट्रिय युवा परिषद्‍को आग्रह

काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुल उम्मेदवार मध्ये कम्तिमा ४० प्रतिशत उम्मेदवार युवालाई वनाउन विभिन्न राजनीतिक दल तथा अन्य सम्वद्ध निकायलाई आग्रह गरेका छन् ।

नेपालमा युवाको जनसंख्या ४०.३५ प्रतिशत रहेको भन्दै बस्नेतले भनेका छन् -' आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा  ४० प्रतिशत युवालाई उम्मेदवार वनाउन सवै राजनीतिक दल र अन्य सम्वद्ध निकायलाई विशेष अपिल गर्दछौं ।' 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ४१.१४ प्रतिशत ४० वर्षमुनिका युवा निर्वाचित हुनुलाई परिषदले निकै  स्वागतयोग्य र सकारात्मक कदमको रुपमा  लिएको कार्यकारी उपाध्यक्ष बस्नेतले वताएका छन् ।

संविधान दिवसको अवसरमा परिषदको तर्फबाट विज्ञप्ति जारी गर्दै बस्नेतले भनेका छन् - ' जनसंख्याको ४०.३५ प्रतिशत युवा  जनसंख्या रहेको समय जनसाङ्खिक लाभांशको समय हो ।

यसको भरपुर सदुपयोग गर्नका निमित्त एकातिर हामीले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा युवा परिचालन , सहभागिता र नेतृत्व विकासमा जोड दिनुपर्दछ भने अर्कोतिर युवालाई रोजगारी , उद्यमशीलता र सीप विकासमा जोड्नुपर्दछ ।'

प्रतिक्रिया दिनुहोस