कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

सोमबार, ०३ असोज २०७९, ०७ : ३४
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । आज देशभर बदली रहने भएको छ । मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति प्रदेश १ का थोरैर बाँकी प्रदेशका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबार प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस