संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ७०२ जनाको कैद सजाय मिनाहा र माफी

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, १६ : ५२
संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ७०२ जनाको कैद सजाय मिनाहा र माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले  महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् । संविधानको धारा २७६ र मुलुकी र्फाजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा कैद सजाय माफ गरेकी हुन् । 

यस्तै राष्ट्रपतिले असल चालचलन भएको आधारमा पासाङ शेर्पासहितका २०३ जना र इन्द्र कुमार लिम्बु समेतका ४७८ गरी कुल ६६१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा पनि गरेकी छन् । राष्ट्रपतिको यो निर्णयअनुसार उनीहरु असोज ३ गते छुट्नेछन् ।

प्रतिक्रिया दिनुहोस