कोरोना अपडेट : थप ५९ जनामा संक्रमण, १६१ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, १६ : ४२
कोरोना अपडेट : थप ५९ जनामा संक्रमण, १६१ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५३ जनामा गरिएको पीसीआर परीक्षणमा २५ र एक हजार १२९ जनामा गरिएको एन्टीजेन परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १६१ जना कोरोना संक्रमणबाट निको भएका छन् । हाल देशभर एक हजार ८३० जना सक्रिय संक्रमित रहेका छन् ।