चीनमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

एजेन्सी

आइतबार, ०२ असोज २०७९, १४ : १७
चीनमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

बेइजिङ । दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सकड दुर्घटना बताइएको छ । ४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाका २० घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

धेरै जातीय अल्पसंख्यक बसोबास गर्ने गुइझोउको दुर्गम र पहाडी क्षेत्रमा उक्त दुर्घटना भएको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस