म्यानचेस्टर सिटीको सहज जित

सफल खबर संवाददाता

शनिबार, ०१ असोज २०७९, २० : ०७
म्यानचेस्टर सिटीको सहज जित

काठमाडाैँ । अर्लिङ हालान्डले आफ्नो सानदार स्कोरिङ जारी राखेको खेलमा म्यानचेस्टर सिटीले १० खेलाडीमा सिमित वल्भेस माथि ३-० को रवाफिलो जित निकाल्दै अकं तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएकव छ।

सिटीले वल्भेसको घरेलु मैदानमा ५५ सेकेन्डमानै अग्रता लिएको थयो। ज्याक गार्लिसले केभिन डि ब्रुयनेको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलमा हालान्डले प्रिमियर लिगमा लगातार सातौँ खेलमा गोल संभव बनाउश्र उनले १६ औ मिनेटमा गोल गर्दै ९ खेलमा १४ गोल गर्दै आफ्नो निरन्तर गोलको कीर्तिमान जारी राखे।

प्रिमियर लिगमानै हालान्डको यो ७ खेलमा ११ औं गोल हो। सिटी विरुद्व घरेलु मैदानमा वल्भेसलेपनि गोलका केहि राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न सकेन्। सिटीले दोस्रो हाफमा थप १ गोल गर्दै आफ्नो सहज जित पक्का गर्योर। फिल फोडेनले ६९ औ मिनेटमा डि ब्रुयनेको क्रसलाई सदुपयोग गर्दा सिटी प्रिमियर लगमा शिर्ष स्थानमा फर्कियो।

प्रिमियर लिगमा आफ्नो पाँचौ जितपछि सिटीले १७ अंक जोड्दै शिर्ष स्थानमा उक्लीएको छ। एक खेल कम खेलेको आर्सनल १५ अंकका साथ दोस्रो स्थानमा रहेको छ। त्यस्तै १५ अंकका साथ टोटेनह्याम तेस्रो र ब्राइटन १३ अंकका साथ चौंथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस