आइएमई र हिमाल डेन्टलबीच सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, १६ : २३
आइएमई र हिमाल डेन्टलबीच सम्झौता

काठमाडौँ । आइएमई  पे र चाबहिल स्थित हमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउने छन ।

हालको निम्ति १वर्षको लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने “डिजिटल दशैँ तिहार २०७९”क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक–अप सुविधा पनि प्राप्त गर्न सक्नेछन ।
 

प्रतिक्रिया दिनुहोस