आइएमई जनरल इन्स्योरेन्स र ईसान चिल्र्डेन एण्ड ओमेन हस्पिटलबिच सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, ३१ भदौ २०७९, १५ : ४०
आइएमई जनरल इन्स्योरेन्स र ईसान चिल्र्डेन एण्ड ओमेन हस्पिटलबिच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ईसान चिल्र्डेन एण्ड ओमेन हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ईसान हस्पिटलका डाइरेक्टर रामनन्दन प्रसाद चौधरीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधीउपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमा सम्म ईसान चिल्र्डेन एण्ड ओमेन हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधाप्राप्त गर्न सकिने छ । 

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ईसान चिल्र्डेन एण्ड ओमेन हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधीपचार बीमा लेख खरिद गरी अस्पतालसँग बीमा लेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवालिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवालिन आव्हान गरे । 

प्रतिक्रिया दिनुहोस