आजसम्म प्रयोग भइरहेका सबै मोबाइल एमडिएमएसमा स्वतः दर्ता हुन्छन् : प्राधिकरण

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १४ : १०
आजसम्म प्रयोग भइरहेका सबै मोबाइल एमडिएमएसमा स्वतः दर्ता हुन्छन् : प्राधिकरण

काठमाडौं । नेपाल दुरसञ्चार पाधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिएको जनाएको छ । ३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नु पर्ने अर्थात एमडिएमएसमा तर्दा नभएका मोबाइल सेटले माम गर्ने छैनन् ।  

यही कारण प्राधिकरणले ३० भदौ पछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (एमडिएमएसडटएनटीएडटजिओभीडटएनपी) मा दर्ता भए नभएको एकिन गर्न आग्रह गरेको छ । 

मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयत गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस