‘अग्निपथ’ मा नेपाली भर्ती नभए काेटा अरुलाई दिन्छौँ : भारतीय सेनाध्यक्ष

सफल खबर संवाददाता

विहीबार, ३० भदौ २०७९, १३ : २३
‘अग्निपथ’ मा नेपाली भर्ती नभए काेटा अरुलाई दिन्छौँ : भारतीय सेनाध्यक्ष

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले ‘अग्निपथ’मा नेपालीहरु भर्ना नभए सो कोटा अरुलाई दिने बताएका छन् । युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको बुधबार भएको एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । भारतले केही वर्षअघिसम्म वार्षिक ४ हजारको हाराहारीमा नेपालीहरुलाई भर्ती गर्दै आएकोमा पछिल्लो समय नेपालीको कोटा घटाएर घटाएर १५ सय बनाइएको थियो ।

सेनाध्यक्ष पाण्डेले भनेका छन्, ‘आउँदो मंसिर ४ को आमनिर्वाचन अघि नेपालले कुनै निर्णय गर्छजस्तो मलाई लाग्दैन । चुनावपछि पनि उनीहरूले निर्णय गरेनन् भने नेपालीका लागि छुट्याएको कोटा अरूलाई दिन्छौँ ।’

अग्निपथमा जम्मा ४ वर्षका लागि सैनिक भर्ना गरिन्छ । साढे १७ वर्षदेखि २३ वर्ष उमेर समूहका युवा अग्निपथ योजनाअनुसार सेनामा भर्ती गर्ने गरिन्छ । ४ वर्षका लागि मात्र सो योजनामा सेवा गर्न दिइने र पेन्सन पनि नहुने भएपछि नेपालले त्यसमा युवाहरु नपठाउने जनाइसकेको छ । यसरी भारतीय सेनामा भर्ती गराउँदा नेपाली युवाले पेन्सन पाउने गरी हो कि हैन भन्नेबारे स्पष्ट पार्न भारतीय पक्षलाई अनुरोध गरिएको थियो । अग्निपथबारे भारतीय पक्षले स्पष्ट नपारेले तत्काल नेपालीहरु भर्ती नहुने नजाफ नेपालले दिइसकेको छ ।

तर सेनाध्यक्ष पाण्डेले भने यस याेजनाका ४ वर्षे फाइदाबारे नेपाललाइ स्पष्ट पारिसकेकाे बताएका छन् । यस याेजनामा सामेल हुनेले ३० हजार भारू तलब पाउने र अन्तिम वर्ष तलब बढाएर ४० हजार पुर्याइने जनाइएकाे छ ।

सेनाध्यक्ष पाण्डे केही दिनअघि मात्रै नेपालकाे भ्रमणमा अाएका थिए । उनले प्रचलन अनुसार नेपाली सेनाकाे मानार्थ महारथीकाे उपाधि समेत ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस