काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो निर्वाचनपछि जनताले माओवादीलाई देशको चाबी दिन चाहेको बताएका छन् । चाहेमा देशको राजनीति नै मोड्न सक्ने क्षमता आफ्नो पार्टीसँग रहेको दाबी गर्दै उनले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
माओवादीका दिवंगत नेता स्व. पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।माओवादी नभए देशमा उपलब्धिहरु पनि गुम्ने अवस्था रहेको बताउँदै उनले भने, ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् । देशको राजनीतिलाई कता लैजाने भन्ने कुरा माओवादीले चाहेजस्तो हुने देखिन्छ । अब आगामी निर्वाचनमा पार्टी एकताबद्ध भई नेताहरू जनताका बीचमा जानुपर्छ । यसो गरेमा हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुनेछौँ ।’
टिकटमा व्यक्तिगत स्वार्थ नहेरेर पार्टीगत स्वार्थ हेर्नुपर्ने बताउँदै उनले टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’