पाेखरा । बेनी-जोमसोम सडकको म्याग्दीखण्ड अवरुद्ध बनेको छ। बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा गए राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो।
बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सिधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताए।
स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडक ७६ किलोमिटर दूरीको छ।सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ।
मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ।बेनी-जोमसोम-कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० भदौ २०७९, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध