कोरोना अपडेट : थप ११९ जनामा संक्रमण पुष्टि, १३० जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १६ : ५४
कोरोना अपडेट : थप ११९ जनामा संक्रमण पुष्टि, १३० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । 

यो अवधिमा देशभर १३० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल दुई हजार १९१ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।