आजको मौसम : यि स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, ०७ : ४५
आजको मौसम : यि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू(भागमा सरदर स्थानभन्दा दक्षिणमा र पूर्वी भूभागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदुरपश्चिम, गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि संभावना रहेको छ ।राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस