अशोक लेल्याण्डको चाडपर्ब अफर, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १७ : २०
अशोक लेल्याण्डको चाडपर्ब अफर, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार सार्वजनिक

काठमाडौँ । आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्ब, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ । सो अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवादुई जानलाई थाइल्यान्ड टुर पाउनेछन्।

आइसिभी÷ट्रक÷ टिप्पर÷ आइसिभी बस (ICV Truck/Tipper/ ICV Buses) को खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई  जानालाई सिङ्गापुर टुर पाउनेछन्। एम एण्ड एचसीभी÷ट्रक÷ टिप्पर÷ एमडीभी बस (M&HCV Truck Tipper/ MDV Buses) मा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन।

कम्पनीले उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधनहरु खरिदगर्न सक्नेछन । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो  । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।आइएमई मोटर्सल ेविशेष सुविधायुक्त एम्बुलेन्स,दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस