चितवन गोल्डकपः बागमतीलाई हराउँदै मनाङ सेमिफाइनलमा

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १७ : ०२
चितवन गोल्डकपः बागमतीलाई हराउँदै मनाङ सेमिफाइनलमा

चितवन । मनाङ एफसी चितवनमा जारी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनल खेलमा बागमती नगरपालिका सर्लाहीलाई हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो । मनाङले बागमतीलाई सदन डेथमा निराश बनायो ।

सोमबार निर्धारित समयको खेल एक९एक गोलको बराबरीमा सकिएपछि आज ९मंगलबार० बिहान टाईब्रेकर गरिएको थियो । सोमबार लाइट नपुगेपछि टाईब्रेकर आजका लागि सारिएको थियो । टाईब्रेकरमा दुबै टिमले ४/४ गोल गरेपछि खेल सडन डेथमा पुग्यो । सडन डेथमा मनाङका अमिर श्रेष्ठले गोल गर्दा बागमतीको आयुष राना मगरको प्रहार मनाङका गोलरक्षक अशोक बरालले बचाए ।

त्यसअघि टाईब्रेकरमा मनाङका पुजन उपरकोटी, शिव गुरुङ, एकराज बुढाथोकी र कमल श्रेष्ठले गोल गर्दा कप्तान रुपेश केसीको प्रहार बागमतीका गोलरक्षक मनोज प्रधानले बचाए । यस्तै बागमतीका प्रितम स्याङ्बो, इमान लामा, अबिनाश स्याङ्तान र अनिल राना मगरले गोल गर्दा सुमन चाम्लिङ राईको प्रहार आकाशियो ।

यसअघि निर्धारित समयमा दुबै तर्फबाट एक(एक गोल भएको थियो । पहिलो हाफमा बागमतीले उपहार गोलमा अग्रता लिएको थियो । २६ औं मिनेटमा मनाङका प्रवेश कुँवरले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । दोस्रो हाफमा मनाङले बराबरी गोल फर्कायो । दोस्रो हाफको २० औं मिनेटमा फोफानाले मनाङका लागि बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच मनाङका फोफाना घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

 

प्रतिक्रिया दिनुहोस