नेप्सेमा २१ अंकको वृद्धि, ९२ करोडको कारोबार

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १५ : २८
नेप्सेमा २१ अंकको वृद्धि, ९२ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २१ अंकमाथिको वृद्धि भएको छ । केहीदिन यताको लगातार गिरावटलाई ब्रेक गर्दै मंगलबार नेप्से सूचक २१.३० अंकले वृद्धि हुँदै १९३४.०४ अंकमा उक्लिएको हो ।

तर, कारोबार रकममा भने खासै प्रगति हुन सकेको छैन । मंगलबार २१ अंकले बढेको बजारमा जम्मा ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यद्यपि, आज १३ वटै उपसूचक धनात्मक भएका छन् । 

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.१३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूहको उपसूचक सरदर एक प्रतिशतले बढेका छन् । आज बोटलर्स नेपालका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् भने नेपाल बैंक डिभेन्चर्सका लगानीकर्ताहरुले ९.५९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस