महिलालाई आत्मनिर्भर बनाउन जरुरी छ : मन्त्री रेग्मी

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १५ : १५
महिलालाई आत्मनिर्भर बनाउन जरुरी छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताएकी छन । मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो कुरा बताउएकी हुन ।

त्यस अवसरमा उनले सो भवन महिलाहरुलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोगी हुने विश्वास समेत व्यक्त गरिन् । मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले संचालन गर्न समाज कल्याण परिषदका पदाधिकारीहरुलाई निर्देशन समेत दिइन्।

मन्त्री रेग्मीले महिलाहरुको दक्षता अभिवृद्धि गरी उनीहरुलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासन पनि दिइन्। कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको यस भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा र एउटा सेमिनार हल रहेको छ ।

यसै अवसरमा महिलाहलाई सिलाईकटाई तालिमको पनि शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस