आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता, आइएमई पे मार्फत भुक्तानीगर्दा फ्ल्याट १५% छुट

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १४ : २४
आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता, आइएमई पे मार्फत भुक्तानीगर्दा फ्ल्याट १५% छुट

काठमाडौँ । आइएमई पेर सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ ।

नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौतामार्फत आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउने छन ।

हालको निम्ती ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउट सोर्सिङ टेस्टर अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस