काठमाडौं । एनआईसी एसिया बैंकले दराजसँग व्यावसायिक सम्झौता गरेको छ । बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने सम्झौता गरेको हो।
सम्झौता यही भदौ २९ देखि २०७९ असोज ११ सम्म लागू हुनेछ। योजनाअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ भने क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ।
चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो।
आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भमार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ भदौ २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त
एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा असोज २८ गते
एनआईसी एशिया बैंकको नाफा १० प्रतिशतले बढ्यो
अब विदेशबाट आएको रकम एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने
एनआईसी एशियाको डिजिटल प्रणालीमार्फत् अब थापाथली र पशुपति क्याम्पसमा भुक्तानी गर्न सकिने