यस्तो छ ली झान्सुको भ्रमण तालिका

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, १३ : २८
यस्तो छ ली झान्सुको भ्रमण तालिका

काठमाडौं । चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । आज नै सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् । 

नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ २८ गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । 

भदौ २८ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । नेपालमा रहँदा लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन् । 

 

facebook sharing button

twitter sharing button

sharethis sharing button

email sharing button

messenger sharing button

प्रतिक्रिया दिनुहोस