साफ महिला फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, ११ : २०
साफ महिला फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपमा आज (साेमबार) नेपालले श्रीलंकाको सामना गर्ने भएकाे छ ।

पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेकाे नेपाल साेमबार लगातार दोस्रो जितको खोजीमा रहेकाे हाे । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुने भएकाे छ । साेमबारको खेलमा नेपाल विजयी वा बराबरीमा रोकिएपनि समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

नेपाल पराजित भएको अवस्थामा भने समूहबाट सेमिफाइनल पुग्ने समीकरण रोचक बन्ने छ । समूहमा एक खेलबाट नेपालको ३ अंक छ । दुई खेलबाट ३ अंक जोडेको भुटान दोस्रो स्थानमा रहेकाे छ । श्रीलंकाविरुद्धको खेलमा भुटान ५–० ले विजयी भएपछि समूहको सेमिफाइनल समीकरण रोचक बनेको हो ।

नेपाल र श्रीलंका दुवै देशका लागि साेमबारको खेल समूहको अन्तिम खेल हो ।

प्रतिक्रिया दिनुहोस