एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारनी एलिजाबेथ द्धितीयको अन्तेष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्तेष्टि हुँदै छ ।
‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।
बाइडेनसँगै प्रथम महिला पनि अन्तेष्टिमा सहभागी हुनेछिन् । यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो । बाइडेनले राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने नगर्ने बारेमा ह्वाइट हाउसले कुनै खुलासा गरेको छैन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ भदौ २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिभिजन बहसका लागि बाइडेनलाई ट्रम्पको चुनौती
बाइडेनले भने - इजरायलले अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाउँदैछ
बाइडेनले फेरि भने– 'सी जिनपिङ तानाशाह हुन्'
एक वर्षपछि सी र बाइडेनबीच आज भेट हुँदै
सी र बाइडेनबीच शिखर सम्मेलन, ‘वैश्विक शान्ति र विकास’माथि छलफल हुने
प्यालेस्टाइनीले दिएको मृतकको संख्यामा विश्वास छैन : बाइडेन