काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको आइतबार घोराहीमा बसेको जिल्ला स्तरीय भेलाले महराको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
२०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेर महरा यही क्षेत्रबाट निर्वाचित भएका थिए । महरा रोल्पाबाट पनि प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस भएका छन् । रोल्पाबाट महरासहित वर्षमान पुन, जयपुरी घर्ती, झक्कुप्रसाद सुवेदी र ओनशरी घर्ती सिफारिस भएका छन् । दाङ २ मा नेकपा एमालेबाट महासचिव शंकर पोखरेलको पनि एकल सिफारिस भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ भदौ २०७९, १५ : ३१
लेखकबाट थप