चितवन । भैंसी चराउन गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किदै गरेका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो ।
प्रहरीले आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
शनिबार करिब १ बजेको समयमा सूर्यनाथ अधिकारी र उनको छोरा २५ वर्षीय होम बहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन गएका थिए । छोराले आफूले भैंसी चराएर आउने भनी बुबालाई घर पठाएका थिए । त्यसपछि घर फर्किएका सूर्यनाथ बाटोबाटै बेपत्ता भएका थिए ।
छोरा होमबहादुर साँझ भैंसी चराएर घर पुग्दा पनि बुबा सूर्यनाथ घर नपुगेपछि परिवारले उनको खोजी गरेको थियो । खोजी गर्ने क्रममा सूर्यनाथले लगाएको टोपी, चप्पल र उनले बोकेको छाता जंगलमा फेला परेको र बाटोमा रगतको टाटोसमेत देखिएपछि परिवारले सूर्यनाथलाई जंगली जनावरले लगेको हुन सक्ने भनी आज बिहान करिब साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए । जानकारी आउनसाथ सूर्यनाथको खोजीको खटिएको टोलीले एक घण्टामा उनको शव फेला पारेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ भदौ २०७९, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा