एजेन्सी । पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ ।
भूकम्पले ठूलो क्षति पु–याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराईमा गएको थियो ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ भदौ २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी