टी-२० लिग: मार्कीसहित सात खेलाडीलाई १५ लाख

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, २० : ००
टी-२० लिग: मार्कीसहित सात खेलाडीलाई १५ लाख

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने फ्रेन्चाइज लिग नेपाल टी २० का ६ टिमको मार्की खेलाडी सार्वजनिक भएको छ ।

क्यानले शनिबार सहभागी ६ वटै टिमका मार्की खेलाडी सार्वजनिक गरेको हो । नेपाल टी २० को पहिलो संस्करणका लागि पोखरा एभेन्जर्सका आसिफ शेख, लुम्बिनी अल स्टारले दीपेन्द्रसिंह ऐरी, काठमाडौं कान्तिपुरले ज्ञानेन्द्र मल्ल, फार वेस्टर्न युनाइटेडले करण केसी, विराटनगर सुपरकिंग्सले रोहितकुमार पौडेललाई र जनकपुर रोयल्सले सोमपाल कामीलाई मार्की खेलाडी बनाएको छ ।

नेपाल टी २० असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने तालिका छ । क्यानका अनुसार मार्की खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । यसबाहेक, ‘ए’ श्रेणीका सरद भेषवाकरलाई पोखराले १५ लाखमा अनुबन्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस