नेपाल टी–ट्वान्टी लिगको मार्की खेलाडी चयन

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १६ : २१
नेपाल टी–ट्वान्टी लिगको मार्की खेलाडी चयन

काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेका छन ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेको जनाएको हो । पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहित पौडेललाई अनुबन्ध गरेको छ । यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ ।

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस