महालक्ष्मी विकास बैंक द्धारा बेञ्च हस्तान्तरण

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १५ : २०
महालक्ष्मी विकास बैंक द्धारा बेञ्च हस्तान्तरण

चितवन । महालक्ष्मी विकास बैंक नारायणगढ शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २ को मिलन टोलमा रहेको शिवालय मन्दिरको परिसरमा धार्मिक एवं अन्य आगन्तूकहरुलाइ बिश्राम गर्न तथा अन्य स्थानिय कार्यक्रम गर्नकोलागि सहयोग पुग्नेगरी थान ३ फलामे वेञ्च हस्तान्तरण गरेको छ ।

नारायणगढ शाखाका प्रमुख श्री बिरेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान वडाअध्यक्ष श्री पूर्ण बहादुर श्रेष्ठले बैंकको यस्ता कार्यहरु सह्राहनिय रहेको र यस्ता कार्यक्रम आगमीदिनहरुमा पनि हुने आसा गरेका थिए ।

वडाका सदस्य श्री वलराम सिटौला, मिलन टोलका अध्यक्ष श्री लक्ष्मण सुवेदि तथा महिला समुहका सभापति एवं उपसभाति क्रमशः बैकको सहयोा गलाइ अतिनै उपयोगि एवं यस सहयोग वापत बैकप्रति अभार ब्यक्त गरे ।

बैकले हरेका बर्ष शिक्ष , स्वस्थय , वातावरण एवं अन्य अवस्थामा समाजमा सहयोग गरिरहेको तथा बैकले नेपालभरि बिभिन्न शखावाट सेवाग्राहीलाइ सेवा दिइरहेको वारे जानकारी गराएका थिए ।