प्रधानमन्त्री देउवाले दूतावास पुगेर गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १२ : ५०
प्रधानमन्त्री देउवाले दूतावास पुगेर गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् ।

महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस