बाँके । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ ।
मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु