आजको मौसम : लुम्बिनी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, ०८ : १०
आजको मौसम : लुम्बिनी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । शनिबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । केही दिनयता मौसम प्रतिकुल बनेर अधिकांश स्थानमा वर्षा हुँदै आएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान लुम्बिनी  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भन बाँकी प्रदेशका एक दुई स्थानमा  हल्का भइरहेको छ।

यस्तै दिउँसो पहाडी भूभागका केही  स्थानहरूमा र  बाँकी प्रदेशका थोरै  स्थानहरूमा   मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र बागमती प्रदेशका एक दुई स्थानमा  मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पहाडी भूभागका केही  स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन तथा चट्याङ सहितवर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक दुई स्थानमा  भारी वर्षा हुने देखिएको पनि महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस