कोरोना अपडेट : १५२ जनामा संक्रमण पुष्टि, दुईजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, १६ : ३२
कोरोना अपडेट : १५२ जनामा संक्रमण पुष्टि, दुईजनाको मृत्यु

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार १८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १० जना र २ हजार १०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ९०५ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ४४८ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण दुईको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १२ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८४ हजार ०८२ पुगेका छन् ।