पुन्य गौतम काठमाडौं -३ बाट प्रतिनिधि सभामा सिफारिस

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, १३ : ०८
पुन्य गौतम काठमाडौं -३ बाट प्रतिनिधि सभामा सिफारिस

काठमाडौं । सामाजिक संजालमा कडा टिप्पणी गर्ने पुन्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाईमेत धन्यवाद दिएका छन् ।

उनी यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा थिए । केही महिना अघि मात्रै उनी एमालेमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस