मिस्टर एण्ड मिस थारु २०२२ को ग्राण्ड फिनाले भोलि हुँदै

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, ११ : ३२
मिस्टर एण्ड मिस थारु २०२२ को ग्राण्ड फिनाले भोलि हुँदै

काठमाडौ । थारु कला, सँस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ को ग्राण्ड फिनाले भोलि (शनिबार) हुँदैछ । काठमाडौँस्थित स्मार्ट दरबार महराजगञ्जमा शनिबार दिउँसो १ बजेदेखि ग्राण्ड फिनाले सुरु हुने आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए ।

यसपटक उपाधिका लागि १७ महिला र १६ पुरुष गरि ३३ जना प्रतिस्पर्धामा छन् । प्रतियोगिताका लागि काठमाडौँ, विराटनगर, झुक्का, वीरगञ्ज, चितवन, बुटवल, टिकापुर, नेपालगञ्जलगायत १० जिल्लाका मुख्य शहरहरुमा अडिसन गरिएको थियो । 

अडिसनबाट छानिएको प्रतियोगिहरुलाई करिव १ महिनासम्म काठमाडौँमा विशेष प्रशिक्षण दिईएको थियो । प्रशिक्षणमा प्रतियोगिहरुले आ–आफ्नो प्रतिभा समेत देखाएका थिए । प्रतियोगिताका विजेताहरुले नगद, क्राउनलगायतका अन्य उपहारहरु पाउने इभेन्ट निर्देशक निर्देशक रुपेश चौधरीले जानकारी दिए । 

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् । 

प्रतियोगिताको ग्राण्ड फिनाले अवलोकनका लागि टिकटको व्यवस्था गरिएको छ । दर्शकहरुको सहजताका लागि मोबाइलबाटै खल्ती एपको प्रयोग गरि टिकट काट्न सकिने इभेन्ट निर्देशक निर्देशक रुपेश चौधरीले जानकारी दिएका । उनका अनुसार टिकटको मूल्य  रु.१००० तोकिएको छ । खल्तीबाटै टिकट खरिद गर्दा क्यासब्याकको समेत सुविधा रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस