कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, ०८ : ०८
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राती देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ।

देशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस