कोरोना अपडेट : थप २२७ जनामा संक्रमण पुष्टि, एकजनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, १५ : ५७
कोरोना अपडेट : थप २२७ जनामा संक्रमण पुष्टि, एकजनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४०१ जनाको स्वाब परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।  यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४७३  पुगेको छ ।