काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत गठित चारवटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन् । राष्ट्रिय सभाका माननीय सभापतिज्यूहरूको शपथ ग्रहण कृषि समितिको हलमा भएको थियो ।
निर्विरोध निर्वाचित विषयगत समितिका सभापतिहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका थिए ।सपथ लिनेमा दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापति डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभामा अध्यादेश पेस गर्दै प्रधानमन्त्री बालेन