काठमाडौं । रुसको नियन्त्रणमा रहेका केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको छ । युद्ध सुरु भएको १ सय ९६ दिनसम्म आईपुग्दा युक्रेन आफ्नो भुमि फिर्ता लिन संघर्षरत छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई “सुखद समाचार“ को संज्ञा दिए । यद्यपी जेलेन्स्कीले कुन–कुन ठाउँहरू फिर्ता लिएको हो भन्ने चाहीँ नखुलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भिडियो सम्बोधनमार्फत राष्ट्रपति जेलेन्स्कीले युद्धमा सेनाले देखाएको बहादुरीको प्रशंसा गर्दै हरेक नागरिकले आफ्ना सेना प्रति गर्व महसुस गरिरहेको बताए। अमेरिकी अधिकारीहरुले युक्रेनले रुसी सेनाहरूविरुद्ध “विस्तारै तर अर्थपूर्ण प्रगति“ गरिरहेको बताएका छन् । बुधवार राति युक्रेनी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी आक्रमणहरू निस्तेज पार्न सफल भएको जनाइएको छ ।
युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ । यद्यपी युद्धका कारण युक्रेनको आर्थिक अबस्था नाजुक हुँदै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रपति जेलेन्स्कीले २७ अर्ब डलर भन्दा बढी पैसा युद्धका क्रममा रक्षामा खर्च भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ भदौ २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने