बालुवाटारमा कार्यदलकाे बैठक जारी

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, १२ : ०७
बालुवाटारमा कार्यदलकाे बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । केही घण्टादेखि कार्यदलको बैठक जारी छ । 

बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन आज पनि बैठक बसेको हो । आज कार्यदलले सिट बाँडफाँटसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । 

१६५ निर्वाचन क्षेत्रमध्ये  गठबन्धनका दलहरूले २ सय भन्दा बढि क्षेत्रमा दाबी गरेपछि कार्यदललाई सहमति निकाल्न सकस परेको छ । जसमा नेपाली कांग्रेसले सय, माओवादी केनद्रले ६०, नेकपा एकीकृत समाजवादी र जसपाले २५/२५ सिट दावी गर्दै आएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस